सुर्खेत, २४ फागुन । (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशलाई संघीय सरकारले सहानुभूति नदेखाएको गुनासो गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले कर्णालीलाई आवश्यक बजेट संघीय सरकारले दिन नसकेको भन्दै कर्णालीप्रति सहानुभूति नदेखाएको गुनासो गर्नुभएको हो ।
आजदेखि सुर्खेतमा शुरु भएको रारा नाटक महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा मुख्यमन्त्री शाहीले रारा नाटक महोत्सवले कर्णालीको इतिहासलाई उजागर गर्ने अपेक्षा सरकारले लिएको बताउनुभयो ।