कानून निर्माणमा महिलाकै सहभागितालाई जोड दिइने

सुर्खेत, २४ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारले महिला सम्बन्धि कानुन निर्माणमा महिलाकै सहभागितालाई विशेष जोड दिने भएको छ ।
समाजिक मन्त्री दल रावल र भुमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले महिलाहरुको हक र अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्व रहेको बताएका हुन् । अन्तराष्ट्रिय महिला दिवस विशेष कार्यक्रममा मन्त्रीहरुले यस्तो बताएका हुन् ।
सामाजिक विकास मन्त्री रावलले महिला र पुरुषको समान सहभागितबाट नै कर्णालीको विकास सम्भव हुने भन्दै उहाँले कानुन निमार्णमा महिलाको सहभागिता हुने बताउनुभयो ।
यस्तै, भुमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री केसीले वर्षमा एक दिन दिवस मनाउदैमा परिवर्तन नहुने भन्दै महिला सहभागिताविना दिगो शान्ति र विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले महिला आफैमा राजनितीक सामाजिक रुपमा आत्म निर्भर बन्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।