नन्द कठायत ।
सुर्खेत, २४ फागुन (जागरण) । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार – समृद्धिको आधार’ भन्ने नाराका साथ प्रत्येक वर्षजस्तै यसवर्ष पनि अन्तराष्ट्रिय महिला दिवस मनाइसकिएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।
यसै सन्दर्भमा हामीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणहरुलाई दिवस मनाएर महिलाहरुको शसक्तिकरणमा के प्रभाव पर्ला ? भनेर सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः