कर्णालीको सुरक्षा चुनौति ‘विप्लप’

सुर्खेत, २७ फागुन (जागरण) । कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती देखिएको छ ।
पछिल्लो समय देशभरका आक्रमक गतिविधिले कर्णालीमा पनि सुरक्षा चुनौती थपिएको हो ।
प्रदेश राजधानी सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, मुगु, पश्चिमरुकुम, जाजरकोट र हुम्लालाई सुरक्षा निकायले संम्वेदनशील सूचीमा राखेको छ ।
सुरक्षा क्षेत्रको चुनौतीलाई मध्येनजर गर्दै कर्णाली प्रदेशका दश वटै जिल्लाका सुरक्षा प्रमुखले सुरक्षा निगरानी बढाएका छन् ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्लाको सुरक्षा अवस्था कडा गरिएको बताउनुभएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधि विप्लव समुहबाट त्रसित बनेका छन् ।
भौगोलिक अवस्थाका कारण ग्रामीण क्षेत्रमा विप्लव समुहको पछिल्लो गतिविधिले जनप्रतिनिधि र कर्मचारी त्रसित बनेका हुन् ।