क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम होः मन्त्री भण्डारी

सुर्खेत, २९ फागुन (जागरण) । क्यान इन्फोटेक समृद्धि हासिल गर्ने माध्यम भएको बताइएको छ । सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २४ गते हिजो सम्म संचालन भएको क्यान इन्फोटेकको समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले यस्तो बताउनु भएको हो ।


कसैले प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्छ भन्ने सच्चा राष्ट्रियता त्यही झल्किने बताउँदै मन्त्री भण्डारीले यस पटकको इन्फोटेकबाट अनुभव बटुल्दै आगामी दिनमा अझैँ भव्य तरिकाले इन्फोटेकको आयोजना गर्न आयोजकलाई सुझाउनु भयो ।
यो इन्फोटेक डिजिटल कर्णाली निर्माणका लागि कोशेढुङ्गा सावित हुने मन्त्री भण्डारीको भनाई थियो ।
आइएमइ पे मुख्य प्रयोजक रहेको उक्त इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट, अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको थियो ।
मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार, कर्णाली प्रदेशमै पहिलो पटक अनलाइन पब–जी गेम जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए ।