सुर्खेत, २९ फागुन (जागरण) कृषिमन्त्री चक्रपाणी खनालले कर्णालीमा कृषि क्षेत्रको विकासका लागि सरकारले पहिलो प्राथमिकता दिएको बताउनु भएको छ । आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले कर्णाली प्रदेशमा प्राङ्गारिक कृषि खेतिको सम्भावना रहेकोले केन्द्र सरकारले बिशेष प्राथमिकता दिएको बताउनुभयो । कर्णालीबाट प्राङ्गारिक कृषिको खेति सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।
कृषि उत्पादनको वृद्धिका लागि सरकार लागिपरिरहेको भन्दै उहाँले कृषिमार्फत लाखौँ युवाहरुलाई रोजगारी दिनका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले सरकारले आगामी दिनमा जुनसुकै सरकार आएपनि दिर्घकालिन परियोजनाहरु अगाडी बढाउने गरी काम भइरहेको बताउनुभयो ।