तरकारीले बजार नपाउँदा किसान मर्कामा

प्रभा रावत ।

सुर्खेत, १ चैत(जागरण) । स्थानीय स्तरमा उत्पादन भएको तरकारीले राम्रो बजार नपाउँदा सुर्खेतका किसान मर्कामा परेका छन् । भारतीय बजारबाट आउने तरकारी सस्तो र सहुलियतमा आउन थालेपछि स्थानीय उत्पादन संकटमा पर्न थालेको हो । जिल्लामा उत्पादन भएको तरकारीले भारतिय बजारबाट आयात भएको तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले किसानलाई थप समस्या भएको किसानहरुको गुनासो छ । प्रश्तुत छ यो रिपोर्ट ।

आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका सर्वसाधारणको आर्थिक जोहो भनेकै कृषि नै हो ।
कृषिमा पनि तरकारी खेतीबाट नै यहाँका नागरिकले दिनचर्या गुजार्ने गरेका छन् । तर पछिल्लो समय स्थानीय स्तरमा उत्पादन भएको तरकारीले भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएपछि स्थानीय किसानलाई थप समस्या सिर्जना भएको छ । नेपालगञ्जस्थित भन्सारबाट बढ्दो मात्रामा तरकारी भित्रिने हुँदा वीरेन्द्रनगरको भेरीगंगा नगरपालिका वडा नं ४ हर्रेका पवन खत्रिले यो बर्ष उत्पादन गरेको तरकारीले पाउनुपर्ने मूल्य पाउन सकेन ।

भारतबाट भित्रिने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्दा यहाँका कृषकले आफूले उत्पादन गरेको तरकारी घाटामा बेच्नु परेको हो । स्थानीय उत्पादन महँगो पर्ने हुँदा उपभोक्ताको रोजाइ पनि आयातीत तरकारीमा हुने गरेको छ ।
व्यावसायिक कृषि फार्मबाट ठूलो परिमाणमा उत्पादन गरिएका भारतीय तरकारी आकर्षक र मूल्य सस्तो हुने भएपछि स्वदेशी किसान समस्यामा परेका छन् । सुर्खेतमा तरकारीको माग बढ्दो भए पनि थोरै परिमाणमा उत्पादन गरिएका तरकारी महंगो हुँदा भारतीय तरकारीले बजार पाउने गरेको छ । सुर्खेतका फलफुल तथा तरकारी व्यापारी टेकबहादुर खत्री .

यहाँका किसान आधुनिक प्रविधिको अभावमा परम्परागत खेती गर्न बाध्य छन् । जसका कारण पनि भारतिय बजारबाट आउने गरेको तरकारीसँग स्थानीय उत्पानले प्रतिस्पर्धा गर्न सक्दैनन् । कर्णालीमा प्रदेश सरकारले अर्गानिक कृर्षी खेतीलाई पहिलो प्राथामिकतामा राखेको छ । यस्ता समस्यामा परेका किसानका लागी प्रदेश सरकारले के गर्छ त भुमीव्यबस्था कृर्षी तथा सहकारी मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापा

सुर्खेतको स्थानिय उत्पादन वार्षिक २ सय मेट्रिक टन रहेको छ भने भारतीय बजारबाट १० हजार ९ सय मेट्रिक टन तरकारी सुर्खेत भित्रिने गरेको छ । स्थानीय उत्पादनभन्दा भारतीय तरकारी सस्तो हुने भएपछि सुर्खेतका व्यापारीले दैनिक दश लाख रुपैयाँ बराबरको तरकारी भित्र्याउने गरेका छन् ।

सुन्नुस अडियाेः