ग्रामिण शिविर सम्पन्न

सुर्खेत, १ चैत । (जागरण) मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको ग्रामिण शिविर सम्पन्न भएको छ । मानविकि संकाय अन्र्तत सामाजिक कार्य अध्ययनरत विद्यालयहरुको सहभागितामा ग्रामिण शिविर सम्पन्न भएको हो ।
एक हप्तासम्म सञ्चालन भएको ग्रामिण शिविरमा स्नातक र स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


सुर्खेतको चौकुने गाउँपालिका लगाम, बेता, बिजौरा र गुठुमा ग्रामिण शिविरको आयोजना गरिएको थियो । ग्रामिण शिविरमा विद्यार्थीहरुले व्यवहारिक ज्ञानको अभ्यास गर्दै समुदायमा जनचेतनामुलक कार्यक्रम गरेका थिए । विद्यार्थीहरुले समुदाय र विद्यालयमा छाउपडी कुप्रथा, बाल विवाह सम्बन्धि जनचेतानमुलक सडक नाटक पनि प्रर्दशन गरेका थिए ।


यस्तै छाउपडी, बालविवाह र पाठेघर खस्ने समस्याको बारेमा विद्यार्थीहरुले घरधुरी सर्वे पनि गरेको सामाजिक कार्य बिषयका उपप्रध्यापक खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले विद्यार्थी र समुदायमा महिनावारी सरसफाई, बाल विवाह न्युनिकरणका बिषयमा पनि जानकारी गराएको बताउनुभयो । ग्रामिण शिविर एक हप्तासम्म सञ्चालन भएको शिविर बुधबार सकिएको हो ।