कानुन निमार्णलाई तिब्रताःमन्त्री ढकाल

सुर्खेत, १ चैत(जागरण) ।
कानुन न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले कानुन निमार्णलाई तिब्रता दिएको बताउनुभएको छ ।
केन्द्र सरकारले कानुन निमार्णमा ढिलाइ गरेको भन्दै विभिन्न आलोचना आउन थालेपछी सरकारले कानुन निमार्णलाई तिब्रता दिएको उहाँले बताउनुभयो ।
कानुनले देशको भविष्य निचोड गर्ने भएकाले यसको गहिराइमा पुगेर छलफल गर्नुपर्ने भएकाले कानुन निमार्ण प्रक्रियामा केही ढिलाइ भएको स्विकार गर्नुभएको छ ।
आज सुर्खेतमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री ढकालले कानुन निमार्णमा तिनै तहको छलफल मार्फत निचोडमा पुग्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले पुराना ३ सय ३९ ओटा कानुन मध्ये पाँच ओटा कानून खारेज गरिएको र १ सय ९५ ओटा कानूनलाई संघीयता र संविधान अनुकुल हुने गरि परिमार्जन तथा संशोधन गरिएको बताउनुभयो ।
संसदबाट ३१ ओटा कानून पारित गरिसकेको भन्दै मन्त्री ढकालले ३१ वटा कानूनहरु संसदका विभिन्न समितिहरुमा छलफलका क्रममा रहेको र २१ ओटा कानून संसदमा लैजान मन्त्रीपरिषदबाट स्वीकृति प्राप्त भइ संसदमा केहि दिनमा टेवुल गर्ने पनि जानकारी दिनुभयो ।

फरक प्रसंगमा मन्त्री ढकालले विखण्डनकारी सिके रावतलाई राज्यको मूलधारमा ल्याउन सरकार सफल भएको बताउनुभएको छ ।
पार्टी भित्र केहि असन्तुष्टी देखिए जस्तो भएपनि देश नै टुक्राउँछु भन्नेलाई संविधानअनुसार नै मुलधारमा ल्याउन सक्नु सरकारको सफलता भएको बताउनुभएको हो ।