कर्णालीमा प्रथम आवधिक योजना आधार पत्रका लागि सुझाव संकलन सुरु

सुर्खेत, २ चैत(जागरण) । कर्णाली प्रदेश सरकारको प्रथम आवधिक योजना आधार पत्रका लागि सुझाव संकलन सुरु गरिएको छ । कर्णाली प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७५÷७६ को योजनाका लागि सुझाव संकलन गर्न सुरु गरिएको हो । आज सुर्खेतमा प्रदेश सांसदहरु, राजनितिक दल, स्थानीय तह र अन्य सरोकारवालाहरुसंग सुझाव संकलन गरिएको छ ।
आयोगले कर्णाली प्रदेशका सबै जिल्लामा गएर सुझाव संकलन गरिने आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो ।


आयोगले जिल्लामा प्रदेश सांसद, स्थानीय तह र अन्य सरोकारवालाहरुसंग छलफल गरी सुझाव संकलन गरेर प्रदेशको हितमा हुने योजनाहरु समावेश गरिने उहाँले बताउनुभयो ।
आर्थिक विकासमा ठूला योजना बनाउन आवश्यक रहेको प्रदेश र राष्ट्रिय गौरबका योजनाको बैंक गराएर अघि बढ्ने बताउनुभयो । प्राथमिकताको आधारमा योजना छनोट गरिने बताउनुभयो ।

उहाँले पञ्चबर्षिय योजनाको खाकाको अन्तिम चरणमा रहेको बताउनुभयो । योजनासंगै कार्ययोजनासहितको आवधिक योजना बनाउने बताउनुभयो ।
छलफलमा सहभागिहरुले कर्णाली प्रदेशको स्पष्ट भिजनसहित योजना निर्माण गरिनुपर्ने बताएका छन् । कर्णालीका सबै जिल्ला सामानुपातिक ढंगले योजनाहरुको बाडफाड गरिनुपर्ने, जडिबुटी र हाइडोलाई बिशेष महत्वत दिनुपर्ने र संघ, प्रदेश र स्थानीय तहका योजनाहरु छनोट गर्दा दोहोर नपर्ने गरी छनोट गरिपर्ने सुझाव दिएका छन् ।
यस्तै सुर्खेत हिल्सा सडक, सुर्खेतदेखि धनगढी र सुर्खेत नेपालगञ्जसम्मको फाष्टट्रयाकलाई बिशेष महत्व दिनुपर्ने सहभागिहरुले सुझाव दिएका छन् ।