कर्णाली नदिबाट अनुमति बिना नै बालुवा उत्खनन्, स्थानीय सरकार मौन

सुर्खेत, ३ चैत(जागरण) । कर्णाली नदिबाट अनुमति बिना नै बालुवा उत्खनन् हुने गरेको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर २ अन्र्तगत कर्णाली नदिको बोलामा बालुवा निकाले पनि स्थानीय सरकार भने यसबारे बेखबर जस्तै छ ।
बस्ती र खेतबारीलाई जोखिममा पर्ने गरी बालुवा निकाल्ने गरेको स्थानीयको गुनासो छ । पटक पटक आएको बाढीले स्थानीयको खेतबारी समेत कटान गरेको अवस्थामा त्यसै ठाउँबाट बालुवा निकाल्दा आफुहरुलाई जोखिम रहेको बोलाबासीहरुको भनाई छ ।


नदिले खेतीयोग्य जमिन कटा गर्दै गएको र बस्ती नै जोखिममा पर्ने गरेकै स्थानबाट बालुवा निकाल्ने काम भइरहेको स्थानीय कृष्णकला शाहीले बताउनुभयो ।
जताभावि रुपमा बालुवा उत्खनन् गर्दा कर्णालीको तिरमा रहेको बोला गाउँ नै जोखिममा परेको छ । बस्ती जोखिममा पर्ने अवस्था हुँदा पनि स्थानीय सरकार मौन बसेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले नदिबाट बालुवा निकालेको बारेमा आफुलाई थाहा नभएको बताउनुभयो ।