दिगो वन ब्यबस्थापन अपरिहार्य

सल्यान, ३ चैत(जागरण) ।  सामुदायिक बनको दिगो ब्यबस्थापन र पुर्नउत्थानका लागी प्राकृतिक स्रोतको ब्यबस्थापन अपरिहार्य रहेको पाईएको छ ।
जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर ३ मा रहेको धनारी सामुदायिक बनमा दिगो बन ब्यबस्थापन अन्र्तगत बिभिन्न कार्यहरु गरेसँगै यस सामुदायिक बनको मुहार नै फेरिएको छ ।
पहिले जथाभाबी चरीचरण, मनपरी घाँसदाउरा काट्ने, बनको गोडमेल नगर्ने जस्ता कारणले उजाड बन्दै गएको बन अहिले दिगो बन ब्यबस्थापन अन्र्तगत बिभिन्न कार्यहरु गरेपछि हराभरा भएको समाचार रेडियो राप्तीले पठाएको छ ।