वालविवाह रोक्दैै ‘बहिनी शिक्षाका लागि दिदी’ (अडियो सहित)

प्रभा रावत ।

सुर्खेत, ४ चैत (जागरण) । कर्णालीमा पछिल्लो समय बालविवाह न्युनिकरण मुख्य चुनौती बनिरहेका बेला वीरेन्द्रनगर १३ का बालिका भने सडक नाटक कै माध्यमबाट यसको न्युनिकरण तर्फ सक्रिय भएका छन् ।
बालबिवाहका कारण आउने जोखिमका बारेमा नाटकबाट नै जानकारी दिदै उनिहरु यसको न्युनिकरणमा लागेका हुन् । सडक नाटकले समाजमा हुने विक्रिती तथा विसंगितीलाई न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेका हुन्छन् । समसामयिक विषय उठान गरि नाटक मार्फत नै कतिपय विक्रितीलाई कम गर्न मद्दत गरेको हुन्छ । यस्तै एउटा प्रयास भइरहेको छ वीरेन्द्रनगर १३ को करेखोलामा ।
यहाँका किसोरीले सडक नाटक मार्फत नै समाजमा बालविहाहका कारण निम्तीने समस्याका बारेमा झल्काउन खोजिएको छ ।
सडक नाटक हेर्दा समाजमा हुने बालविवाहले निम्त्याउने समस्यालाई उजागर गरिएको थियो । प्रत्येक दर्शकका आखा रसाएका थिए । नाटक भएपनि तर बास्तविता झल्किएको थियो ।

नाटकमा रिताको मुख्य भुमिका रहेको छ । जहाँ उनि सानो उमेरमा नै भागेर वालविवाह गर्न पुग्छिन । त्यसपछीका दिनचर्या उनका लागी दर्दनाक बन्न थाल्दछन् । नाटकका मुख्य पात्र रिता बनेर खेल्नुभउकी छ टिका गुर्तालले ।
घरपरिवारबाट साथ नपाउनु, श्रीमानले घरको दवाबमा अर्को विवाह गर्न खोज्नु,उमेर नपुगदा आमा बन्न खोज्दा अकालमा नै बच्चाको ज्यान जाने जस्ता कथाबस्तु नाटकमा समेटिएको छ ।
नाटकमा पात्र काल्पनिक भएपनि समाजमा घटने बास्तविक घटनालाई उठान गरिएको छ ।
जनचेतना मुलक नाटकमा स्थानिय, बालिका मात्र नभएर जनप्रनिधी, शिक्षक पनि लागिपनुृभएको छ नेपाल राष्टिय सामुदायिक माध्यामिक विद्यालयका शिक्षक देवी गाहा ।
जनप्रतिनिधीले पनि स्थानिय तहमा हुने बालविबाह रोक्नका लागी अग्रसर भएका छन् ।  बालविवाह रोक्नका लागी स्थानिय सरकारहरुले पनि पहल गरिरहेका बताउनुहुन्छ नगरपालिका वडा ९ का वडा अध्यक्ष मान बहादुर खड्लुुक मगर ।
मनोरञ्जनका रुपमा लिइने सडक नाटकहरु पछिल्लो समय सामाजिक विकृती अन्त्यका लागी केन्द्रित बनिरहेका छन् । यस कारण सडक नाटकको महत्वलाई थप प्रभावकारी बनाउन र नाटकका पात्रहरुको क्षमता विकासमा लगानी गर्न जरुरी छ ।

सुन्नुहोस अडियोः