बजेट नै खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना

सुर्खेत, ५ चैत (जागरण) ।कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले सरकारले बजेट नै खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रदेश सरकार गठन भएको एक वर्ष वितीसक्दा पनि सरकारले अहिले सम्म विकासे बजेट सुन्य खर्च भएको भन्दै आलोचना गरेका हुन् ।
कर्णाली प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले बजेट कार्यान्वयन नगरेर सरकारले कस्तो समृद्धि ल्याउन खोजेको भन्दै प्रश्न गर्नुभयो ।


बैठकमा भाषणबाट कर्णालीको समृद्धी नहुने भन्दै सरकारलाई भाषण भन्दा कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उहाँले सुर्खेत नाग्म हुँदै जुम्ला जाने सडक र नाग्म गमगढी सडकको तत्काल स्तरोन्नति गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।