भत्किएका छाउगोठ फेरी बन्न थाले(अडियोसहित)

सुर्खेत, चैत ६ (जागरण)

महिनावारी भएको समयमा अझै पनि महिलाहरु छाउगोठमा बस्न बाध्य छन् । महिनावारी समान्य प्रक्रिया भएपनि धार्मिक अन्धविश्वास र गलत मान्यताका कारण यो कुप्रथा हट्न सकेको छैन् । सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि महिला तथा किशोरीहरु महिनावारी भएको समयमा घरभित्र पस्न पाउँदैनन् ।

चार बर्ष अघि सुर्खेतको पश्चिमका तत्तकालिन ८ वटा गाविसहरु छाउगोठमुक्त भए । गैरसरकारी तथा सरकारी प्रतिनिधिहरु र स्थानीयको सक्रियतामा छाउगोठ भत्काइए । र तामझामसहित गाविसहरु छाउ गोठमुक्त घोषणा गरियो ।
तर बर्षौदेखि छाउगोठमा बस्दै आएका महिलाहरु केही समयका लागि घरमै बसेपनि फेरी छाउगोठमै फर्किएका छन् । स्थानीय गौरा धामी महिनावारी भएको समयमा गोठमै एउटा खाट राखेर बस्ने गरेको बताउहुन्छ ।

कर्णाली प्रदेशको सुर्खेतसहित कालिकोट, जुम्ला, दैलेखलगायत सुदुपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथाले जरा गाडेको छ । स्थानीय समुन्द्रा बिक केही समयसम्म घरभित्रै बसे अहिले देविदेउता रिसाउने डरले फेरी छाउगोठमा बस्न थाल्नुभयो । , घरमा भएको छाउगोठ भत्काएपछि उहाँ छिमेकीले बनाएको कटेरामा गएर बस्न थालेको बताउनुहुन्छ ।

सर्खेतको पश्चिममा पर्ने तत्तकालिन गाविस लगाम, बेतान, गुठु, विद्यापुर, बिजौरा, बावियाचौर, घाटगाउँ र तातापानी छाउपडी गोठमुक्त गाविस घोषणा भएका थिए । नयाँ पुस्ताले छाउपडी बिस्तारै नमान्दै गएपनि पुरानो पुस्ता भने सजिलैसंग घरभित्र बस्न हिचकिचाउने गरेका छन् ।
नेपालको कानुनले पनि महिनावारी भएको समयमा छाउगोठमा राख्नु अपराध भनेको छ । मुलुकी (अपराध) संहिताको दफा १ सय ६८ को उपदफा ३ ले पनि महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ । यसरी राख्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ । तर कानुन भने कार्यान्वयन भएको पाइदैन् । महिनावारी भएको समयमा छाउगोठमा बस्दा महिला र बालिका विभिन्न हिंसामा पर्ने गरेका छन् ।
अधिकारकर्मी तथा अधिवक्ता गिता कोइराला भत्किएका छाउगोठ बन्दै गएकाले कानुन बनाएर मात्र परिवर्तन नुहने बताउनुहुन्छ । यो प्राकृतिक पक्रिया हो भनेर जनचतेना जगाउन आवश्यक रहेको उहाँको भनाई छ ।

छाउ बार्ने चलन बिस्तारै परिवर्तन हुँदै गएपनि अझै पनि छाउगोठमा बस्ने गरेका छन् । स्थानीय सरकारदेखि गैरसरकारी संघसंस्थाहरु यसको न्युनिकरणमा लागेका छन् । महिनावारी हुँदा घर भित्रै राख्ने धामिलाई सम्मान र पुरस्कार दिने निति लिएको बताउँहुन्छ चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही ।

परम्परागत रुढिबादी संस्कृतिले जरा गाडेको छाउपडीप्रथा न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम संचालन गर्न आवशयक छ । यस्तै स्थानीय सरकार र अधिकारकर्मीहरुले छाउपडी कुप्रथा अन्त्यका लागि सामुहिक प्रयास गर्न जरुरी छ ।