सुर्खेत, ६ वैशाख (जागरण) । यातायात व्यवसायीले सिन्डिकेटका पक्षमा आन्दोलन घोषणा गरेपछि सरकारले कारबाही गर्ने कडा चेतावनी दिएको छ । आन्दोलनका कार्यक्रम घोषणा गर्नुको कुनै अर्थ नरहेको सरकारको भनाई छ । सिन्डिकेट खारेज गरेको विरोधमा महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संघसंस्था ऐनअनुसार दर्ता भएका यातायात समितिहरू खारेज गरेपछि व्यवसायी आक्रोशित छन् ।
मन्त्रिपरिषद् बैठकले उनीहरूलाई अब कम्पनी दर्ता गरेर मात्र सेवा सञ्चालन गर्न निर्देश गरेको छ । साथै, यसअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिहरूको नवीकरण नगर्ने, नयाँ दर्ता नलिने निर्णयसमेत गरेको छ ।
यसै विषयमा हामीले सिन्डिकेट लागु गर्दै आएका यातायात समितिहरु खारेज गर्ने सरकारको निर्णय तपाईँलाई कस्तो लाग्यो ? भनेर सोधेका छौँ । पढ्नुहोस् जनताको आवाज जस्ताको तस्तै ।
–थिरबहादुर शाही, वीरेन्द्रनगर २ भुरेली सुर्खेत । सरकारले ठिक ग¥यो, पहिला कस्तो हुन्थ्यो, यात्रु खोसाखोस मारामार हुन्थ्यो अब बल्ल यो कम हुनेभो । सबैले पालो पाउने भए । यात्रुले पनि अब आनन्दको सास फेर्छन् अब ।
–सम्झना खत्री, सुर्खेत । सरकारले सिण्डिकेट खारेज गरेको एकदम सकारात्मक हो । अब खारेज गर्नेमात्रै नभएर यसलाई कार्यान्वन पनि गर्नुपर्छ । कडा रुपमा कार्यान्वन गर्नेहो भने यात्रुले सास्ती भोग्न पर्नेछैन ।
–चन्द्र ढकाल, वीरेन्द्रनगर ६ सुर्खेत । सरकारले अस्साध्यै राम्रो काम गरेको छ यो सिन्डीकेट तोडेर । यो प्रतिस्पर्धात्मक जमानामा सिन्डीकेट लागु गरेर थोत्रा–थोत्रा गाडी पनि चलाएर जनतालाई सास्ती दिएका थिए अब बल्ल ठिक हुने भो ।
–धर्मसिंह बुढा क्षेत्र, चौकुने ३ बेतान । अब सरकारको यो कामले यात्रु सबैले सुविधा पाउने भए । एकाधिकार काम गरिरहेका थिए व्यवसायीहरुले अब भने त्यस्तो नहुने भो ।
–दयाराम ढकाल, वीरेन्द्रनगर ३ सुर्खेत । एकलौटि जस्तो कसैले पाउने कसैले नपाउने हुने भएन अब । सबैले प्रयोग गर्न पाउने भए, मनपरी हुने भएन अब । अब यात्रुलाई केही बाध्यता हुँदैन । सरकारले जे ग¥यो ठिक ग¥यो ।