गणतन्त्र र संघीयताको विषयमा जनमत संग्रह गर्न कोइरालाको प्रस्ताव


सुर्खेत, ८ चैत (जागरण)
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
आज कांग्रेसको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले धेरैजसो हिन्दू धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको मागअनुसार आफूले हिन्दुूराज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पार्नुभयो ।
राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आह्वान गर्नु भयो ।
उहाँले आफ्नो पार्टी नागरिकले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताउनुभयो