छाउपडी कुप्रथा अन्त्यका लागि के गर्नुपर्ला ?(अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, ७ चैत (जागरण) ।महिनावारी भएको समयमा अझै पनि महिलाहरु छाउगोठमा बस्न बाध्य छन् । छाउपडी कुप्रथा उन्मुलनका क्रममा छाउगोठ बन्न थाले पनि फेरी महिलाहरु छाउगोठमा फर्किका छन् । महिनावारी समान्य प्रक्रिया भएपनि धार्मिक अन्धविश्वास र गलत मान्यताका कारण यो कुप्रथा हट्न सकेको छैन् । सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि महिला तथा किशोरीहरु महिनावारी भएको समयमा घरभित्र पस्न पाउँदैनन् । हामीले यसै बिषयमा रहेर छाउपडी कुप्रथा अन्त्यका लागि के गर्नुपर्ला भनेर जनतालाई सोधेका छौँ । प्रस्तुत, छ जनताको आवाज जस्ताको त्यस्तै ।