उपनामबाट पनि नागरिकता लिन पाईने गरि कानुन बन्दै

फोटो फाइल

सुर्खेत, ७ चैत (जागरण)  नागरिकता लिन थर वा जात उल्लेख नगरी उपनामबाट मात्रै पनि नागरिकता मिल्ने भएको छ । नागरिकता लिन चाहने व्यक्तिले उपनाम मात्रै राखेर नागरिकता लिन चाहेमा त्यस्तो नागरिकता दिने व्यवस्था नागरिकता ऐनमा गर्न लागिएको छ ।
संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले मंगलबार सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने व्यवस्था गर्ने विषयमा सहमति जुटाएको हो ।
यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिंगीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जुटाएको छ ।