महिलाहरुको क्षमता अभिवृद्धिका लागि काम गर्छुः उपाध्यक्ष बीसी

सुर्खेत, ६ वैशाख (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । जागरणकर्मी मुना हमालले गुराँस गाउँपालिकाकी दैलेखकी उपाध्यक्ष दिपा कुमारी बीसीसँग कुराकानी गर्नुभएको छ ।

प्रस्तोताः तपाईँ निर्वा्चित हुनुभन्दा अगाडि महिलाका पक्षमा गर्नुभएका प्रतिवद्धता सम्झनामा छन् ?
पाहुनाः छन् । मैले निर्वाचन हुनु भन्दा पहिले पहिला पक्षमा पछाडी परेका महिलाहरु, घरबाट बाहिर ननिस्केका महिलाहरु हुनुहुन्छ । उहाँहरुलाई बाहिर ल्याउने, अघि बढाउने कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेकोे थिए । सयौँ दिदीबहिनिहरु बाहिर आउनु सक्नु भएको छैन् । उहाँहरुको लागि जनचेतनामुलक कार्यक्रम ल्याउने भनेको थिए ।

प्रस्तोताः गरेका प्रतिवद्धतामध्ये कति काम गर्नुभयो ?
पाहुनाः अहिलेसम्म मैले गरेको दिदीबहिनिहरुको टोलटोल गएर कार्यक्रम गर्ने, वडा स्तरिय कार्यक्रम गर्दैछु । जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेको छौँ ।

प्रस्तोताः काम गर्ने क्रममा आफूले पेश गरेका एजेण्डा पािरत गराउन कत्तिको सहज छ ?
पाहुनाः पारित हुनका लागि समर्थन नै छ । मैले राखेका अहिलेसम्म एजेण्डा पारित भएका छन् । ।

प्रस्तोताः पुरुष जनप्रतिनिधीबाट सहयोग कत्तिको पाउनुभएको छ ?
पाहुनाः पूरुष जनप्रतिनिधहरुबाट धेरै सहयोग छ । कुनै कार्यक्रम हुँदा गाउँ पालिका अध्यक्ष,वडा अध्यक्ष पत्रकारहरु सबै संगै हुनुहुन्छ ।

 

प्रस्तोताः अब आगामी दिनमा महिला तथा बालबालिकाका लागि योजना के के छन् ?
पाहुनाः आगामी योजनाहरु महिला तथा बालबालिका लागि आकस्मिक कोष, महिला प्रजनन्, महिलाहरुले के कार्यक्रम गर्नसक्नुहुन्छ त्यसै अनुसार , आर्यआर्जनका कार्यक्रमहरुलाई अघि बढाउने छन् ।