सल्यान, ९ चैत (रेडियो राप्ती) । सल्यानमा सेनेटरी प्याड उत्पादन गर्न थालिएको छ । पहिलो पटक सल्यानको शारदा नगरपालिका ४ साहुटोमा सुरक्षा उद्योग नै स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको हो ।
पछिल्लो समयजनचेतना बृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरुको संख्याबढ्दै गएकोले प्याड उद्योग सञ्चालन गरिएको सुरक्षा सेनेटरी प्याड उद्योगका सञ्चालक लक्ष्मी बस्नेतले बताउनुभयो । उहाँले करिब १४ लाख रुपैयाँ बराबरको लागतमा उद्योग सञ्चालन गरिएको छ ।