हुम्ला, ९ चैत (रेडियो कैलाश) । हुम्लामा आवश्यक भन्दा कम खाद्यन्न कोटा स्वीकृति भएको छ ।
जिल्ला खाद्य ब्यबस्थापन समिति हुम्लाका अनुसार आबश्यक खाद्यान्न कोटा १३ हजार क्वीटल भएपनि संस्थानको प्रधान कार्यालयले चार हजार क्वीटलका लागि मात्र मात्र स्वीकृत गरेको छ ।
संस्थानको संचालक समितिले चार हजार क्वीन्टल मात्र थप गर्ने निर्णय गरेपछि यसले जिल्लाको माग पुरा गर्न नसकिने अवस्था आएको हो । समितिले खाद्यान्न बाँके र सुर्खेत बाट दुई दुई हजार क्वीन्टल ढुवानीको ब्यबस्था मिलाउन पत्राचार गरिसकेको छ ।