कर्णालीको पर्यटनका लागि त्रिभुज आकारको गुरुयोजना

सुर्खेत, १० चैत (जागरण) । कर्णाली योजना आयोग कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ । कर्णालीमा पर्यटकलाई भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारी कर्णाली योजना आयोगले जनाएको छ ।
सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्डो र त्रिपुरासुन्दरी जोड्ने त्रिभुज आकारमा पूर्वाधार निर्माण गरिने योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मीले बताउनुभयो ।
प्रदेश सरकारले प्रत्येक वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसलाई पूर्णता दिनका लागि पनि गुरुयोजनाको आवश्यकता रहेको आयोगका उपाध्यक्ष रेग्मीले बताउनुभयो । कर्णाली करिडोर निर्माण भएमा भारतीय पर्यटकको वृद्धि हुने कर्णाली योजना आयोगले जनाएको छ ।