नेपाल कतारसँग पराजित

काठमाण्डौँ, ११ चैत (जागरण) । कतारमा जारी एएफसी २३ बर्ष मुनिको च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
गयराती भएको खेलमा नेपाल आयोजक कतारसंग ५–० गोल अन्तरले पराजित भयो । कतारसंगको हारसंगै समूह ’ए’ मा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेलमा भोलि अफगानिस्तानसंग खेल्नेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १–० गोल अन्तरले पराजित भएको थियो ।