क्षयरोगबारे जानिराख्नुहोस् (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ११ चैत (जागरण) । कर्णाली प्रदेशमा १६ सय ३२ जना क्षयरोगी रहेको पाइएको छ । स्वास्थ्य निर्देशनालय कर्णालीका अनुसार अन्य जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतमा क्षयरोगका विरामी छन् ।
१० वटा जिल्लामध्ये सबैभन्दा विकसीत र सुविधायुक्त मानिने तथा प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा ५ सय ८८ जना क्षयरोगी भेटिएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठरोग अधिकृत पदमबहादुर केसीले जानकारी दिनुभयो ।
आर्थीक वर्ष २०७४/०७५ को तथ्यांक अनुसार कर्णाली प्रदेशका दश जिल्लामा जम्मा १६ सय ३२ क्षयरोगी रहेका छन् ।
केसीका अनुसार सल्यान जिल्लामा २ सय ५० , दैलेखमा २ सय १८, रुकुम पश्चिममा १ सय ८५, जाजरकोटमा १ सय १४, कालीकोटमा १ सय २, जुम्लामा ७९, हुम्लामा ३२, मुगुमा ४७ जना क्षयरोगी भेटिएका छन् । डोल्पामा भने सबैभन्दा कम १७ जना क्षयरोगी भेटिएका छन् ।
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले क्षयरोग न्युनीकरणका लागी विभिन्न नियमित कार्यक्रम गर्दै आएको छ ।
यसैविषयमा हामीले क्षयरोग कस्तो रोग हो ? र यो रोग के कारण हुने गर्दछ भनेर हामीले सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य साखाका क्षयरोग अधिकृत खगेन्द्रप्रकाश गैरेसँग कुराकानी गरेका छौँ ।
सुन्नुहोस् यो कुराकानीः