सुजन ढकालको ‘डेप्थ’ मा ‘सुनकेशरी’ (भिडियोसहित)

काठमाण्डौँ, ११ चैत (जागरण) । गायक तथा मोडल सुजन ढकालको एल्वम ‘डेप्थ’ (गहिराई) सार्वजनिक भएको छ । सुजनको आफ्नै स्वर, शब्द र सङ्गीतले सजिएको यो एल्वम उहाँको जिवनकै पहिलो कृति हो ।
‘डेप्थ’ एल्वममा सङ्गीत संयोजन मानसी किरण र विकास सुनुवारले गर्नुभएको छ । उहाँले यस एल्वममा विभिन्न शैलिका फरक फरक गीतहरुलाई समावेश गरेको जानकारी दिनुभएको छ । पप गायक ढकालको पहिलो गीत ‘तिमी नै तिमी’ थियो ।
गीतमा नायिका बेनिशा हमालसँग उहाँलाई भिडियोमा अभिनय गर्दै गरेको देख्न सकिन्छ भने उहाँको दोश्रो गीत सुनकेशरीमा मोडल सुजना ढकाल र दिवस खड्का अभिनित छन् । जम्मा ६ वटा गीत समावेश रहेको एल्वममा उहाँले निकै मेहनत गरेको र आशावादी पनि रहेको जानकारी दिनुभयो ।

हेर्नुहोस् ‘डेप्थ’ भित्रको ‘सुनकेशरी’ शीर्षकको गीतः