सुर्खेत, १२ चैत (जागरण) । नेपाल सरकारले आगामी वर्षको वजेटमा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने भएको छ ।
अघिल्लो वर्ष वजेटका हिसावले चित्त नबुझेको गुनासो कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित संघिय साँसदहरुले गुनासो गरे पछि केन्द्र सरकारले यस्तो आश्वासन दिएको हो ।
प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभाका सदस्यहरुको गुनासोपछि प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने बताउनुभएको हो ।
उहाँले चालू आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन नसकिएको स्वीकार गर्दै आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा आफूहरुले मुलुकको समृद्धिमा कर्णालीले दिन सक्ने योगदानका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको सुर्खेत निर्वाचन क्षेत्रनम्वर २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले जानकारी जागरणलाई दिनुभयो ।
नवराज रावतको अडियोः
अन्तरक्रिया कार्यक्रममा सांसदहरुले कर्णाली प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न, एक उद्योगको अनिवार्य स्थापना गर्न, तारा तालदेखि रारा तालहुँदै मान सरोवर तालसम्मलाई पर्यटकीय आधार रुट बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।