नन्द कठायत ।
सुर्खेत, १३ चैत (जागरण) । जागरणले नियमीत रुपमा स्थानिय सरकारका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ ।
स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार हो । नजिकको सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो । स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ ।
अहिले स्थानिय तहहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । चालु आर्थिक वर्षका गाउँसभाले निर्धारण गरेका योजनाहरु कार्यन्वयन हुँदैछन् ।
स्थानीय सरकार अन्तर्गत हामीले हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष सौमति रावल एडीसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले यो आर्थिक बर्षमा के के काम गर्नुभयो ? भनेर साधेका छौँ ।
सुन्नुहोस् कुराकानीः