दुई वर्षभित्र चिङ्गाडमा विद्युत पुगिसक्ने

सुर्खेत, १३ चैत (जागरण) । सुर्खेतको चिङ्गाड गाउँपालिकाका ६ वटै वडामा २ वर्ष भित्र विद्युत पुग्ने भएको छ ।
चिङ्गाड सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडको प्रस्ताव स्वीकृत भएसंगै गाउपालिका विद्युतको पहुँचमा आउने भएको हो ।
नेपाल विद्युत प्राधिकरणअन्र्तगतको सामुदायिक ग्रामिण विद्युत विभागले प्रस्ताव स्वीकृत गरेको संस्थाका अध्यक्ष जीतबहादुर रानाले जानकारी दिनुभयो ।
अध्यक्ष रानाकाअनुसार शुरुको टेन्डर भएको १८ महिना भित्र १७ करोड ७२ हजार ३ सय २२ रुपैयाँ लगानीमा आयोजना सम्पन्न हुनेछ ।