तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५ सुरु

सुर्खेत, १५ चैत (जागरण) । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५ आजबाट सुरुभएको छ । केही महिना अघि नदी संरक्षण संस्थाको अगुवाईमा गरिएको अध्ययनमा आधारित वृत्तचित्र ्रदर्शन गरिएको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज उद्घाटन गरिएको शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्ने वताईएको छ ।


विश्वका ५ महत्वपुर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेकाले कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने बताइएको छ ।
यस्तै सम्मेलनको उद्वघाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली करिडोरको सडक निमार्णका लागी प्रदेश सरकार लागी परेको बताउनुभएको छ ।
अवको ५ वर्षभित्र सडकमार्गवाटै पर्यटकहरु मानसरोवर जाने गरी प्रदेश सरकार सडक निमार्णमा लागको बताउनुभयो ।