सुर्खेत, १५ चैत (जागरण) । प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता सुर्खेतमा प्रक्राउ परेका छन् ।
प्रक्राउ पर्नेमा विप्लव निकट अखिल क्रान्तिकारी महिला संघका केन्द्रीय गोमा खड्का (ओली) र जिल्ला कमिटी सदस्य शिद्धबहादुर खड्का रहनुभएको छ ।
उहाँहरु वीरेन्द्रनगर– ८ स्थित आफ्नै निवासबाट पक्राउ पर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विषेश सूचनाको आधारमा उनीहरुलाई आज प्रक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख बशन्त रजौरेका अनुसार उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरुका साथबाट पार्टीको रसिद र केही थान पुस्तकहरुसमेत बरामत गरेको छ ।