बिकासे काम अझै शुरु भएनन्

सुर्खेत, १५ चैत (जागरण) । सल्यानको पश्चिमी क्षेत्रमा पर्ने बन्गाडकुपिण्डे नगरपालिकामा बिकासे कामहरु अझै शुरु भएका छैनन् ।
नगरप्रमुख र उपप्रमुखको बिबादको कारण मंसिर १८ गते नगरसभा सम्पन्न भएको नगरपालिकामा अझै पनि बिकासे कामहरु शुरु भएका छैनन् ।
नगरपालिकाको नगरसभा ढिला गरेर सम्पन्न हुदाँ बिकास तर्फको कामहरु पनि ढिला गरेर शुरु भएका हुन् ।
अहिले नगरका अधिकांस योजनाहरु सुचारु नै भएका छैनन् भने केही योजनाहरुको भर्खर काम शुरु भएको छ ।
नगरका सडक, खानेपानी, कृषि जस्ता ठूला योजनाहरु अझै सुचारु भएका छैनन् । अहिले नगरमा २० लाख रुपैँया भन्दा साना योजनाको कामहरु शुरु भएको नगरप्रमुख गोबिन्द कुमार पुनले बताउनुभएको समाचार रेडियो रापतीले पठाएको छ ।