अवैध हातहतियार प्रहरीलाई बुझाउन आग्रह

सुर्खेत, १५ चैत (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध रुपमा हातहतियार भए प्रहरीलाई बुझाउन आग्रह गरेको छ । सुर्खेतका प्रहरी प्रमुख बसन्त रजौरेले कसलै भरुवा बन्दुकलगायत अन्य हातअतियार भएर बुझाउन आग्रह गर्नुभएको हो ।
कानुन बमोजिम इजाजत पत्र नलिएर राखिएका हातअतियार जजिकैका प्रहरी चौकी अथवा जिल्ला प्रहरी कार्यालयमा आएर बुझाउन आग्रह गरिएको हो ।

सरी कार्यालयमा आएर बुझाउनेलाई कार्वाही नगरिने र नबुझाउनेलाई भेटिए कार्वाही गर्ने प्रहरीले जनाएको छ ।
यस्तै ९ महिनाको अवधिमा एक सय ९ जना लागु औधष ओसापसार गर्नेलाई पक्राउ गरेको छ ।
यस्तै प्रहरीले अपराध रोकथा र अनुसन्धानमा सहयोग गरेको भन्दै नागरिकलाई सम्मान गरेको छ । वीरेन्द्रनगर ८ का हर्कबहादुर बुढालाई प्रहरी प्रमुख रजौरेले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले अपराध अनुसन्धानमा र सामुदायिक प्रहरी तर्फ उत्कृष्ट कार्य गर्ने तीन प्रहरीलाई सम्मान र पुस्कृत पनि गरेको छ ।
प्रहरीले प्रहरी निरिक्षक निरञ्जन घिमिरे मोहनलाल कुमाई र हवल्दार गणेश बहादुर ओलीलाई पुस्कृत पनि गरेको छ ।