कर्मचारीलाई निती विपरित काम लगाएको प्रतिपक्षकाे आरोप

सुर्खेत, १६ चैत (जागरण) । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारले कर्मचारीलाई निती विपरित काम लगाएको आरोप लगाएको छ ।
कर्मचारीलाई हप्काउने प्रबृतीले पनि प्रदेशमा कर्मचारी आउन मन नगरेको भन्दै सरकारको आलोचना गरेको हो ।
नेपाली कागे्रसका संसदिय दलका नेता जीवनबहादुर शाहीले सरकारले कर्मचारीलाई आकर्षण गर्न नसकेको बताउनुभयो ।
कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशनको आज बसेको सातौ बैठकमा बोल्दै उहाँले कर्णालीमा कर्मचारी किन आएनन भन्ने कुरा सरकारले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।


नेता शाहीले कर्मचारी संमायोजनले समेत कर्णालीलाई कुनै लाभ नभएको दावी गर्नुभयो । उहाँले प्रदेश सभामा सांदहरुले बोलेका कुराको सुनुुवाई नभएको बताउदै संसद शुरु भएदेखि हालसम्म सांसदहरुले दिएका सुझाव सल्लाहलाई सरकारले कार्यन्वयन नगरेको प्रति आक्रोस व्यक्त गर्नुभयो ।