देश विकास गर्न शिक्षालाई प्राथमिकता दिनुपर्नेः योजना आयोगका सदस्यको भनाई

सुर्खेत, १५ चैत (जागरण) । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले युवाहरु मार्फत देश विकास गर्नका लागि शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
स्वतन्त्र विधार्थी यूनीयन अमरदीप क्याम्पस नेवारले शुक्रबार आयोजना गरेको ‘वर्तमान युवाको चुनौती, सम्भावना र समस्या समाधानका उपायहरु’ विषयक अन्र्त्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो ।
अन्तरक्रियाका प्रमुख बक्ताका रुपमा उपस्थित शाहीले शिक्षालाई नसुधारिकन अहिलेका युवा पुस्ताको विकास हुनसक्ने ठोकुवा गर्नुभयो ।अहिले कर्णाली प्रदेशमा युवाहरुको संख्या उच्च रहेको बताउँदै अबको २५ बर्षमा कर्णालीलाई विकसित भएको हेर्ने हो भने अहिले शिक्षामा प्रायाप्त लगानी गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
कर्णाली प्रदेशका युवाहरु शिक्षाका साथै सामाजिक सुरक्षा, रोजगारी जस्ता समस्याबाट गुज्रिएकाले यहाँका अवसरलाई सदुपयोगरी विकास गर्न युवाहरुलाई व्यवसायिक शिक्षा दिनुपर्ने शाहीको भनाइ छ । उहाँले साधारण शिक्षाको महत्व आफ्नो ठाउँमा भएपनि रोजगारी र उद्यमशीलता विकासका लागि व्यवसायिक तथा सीपमूलक शिक्षा अपरिहार्य रहेको जिकिर गनुृभयो ।


कर्णाली प्रदेशमा बहुमत संख्यामा रहेका युवाहरुको उचित शिक्षा, रोजगारी र सामाजिक सुरक्षा प्रत्याभूत गर्न नसक्ने हो द्वन्द्वर हिंसाको वातावरण सिर्जना हुने उनको भनाइ छ ।
कार्यक्रममा अमरदिप क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले देश विकासका लागि युवाशक्ति मेरुदण्ड भएकाले उनीहरुलाई उचित वातावरण प्रदान गर्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेशमा अविकास अशिक्षा जस्ता चुनौतीसंगै विभिन्न अवसरपनि भएकोले त्यसमा युवाहरुको परिचालन गरि विकास गर्न सकिने आचार्यले बताउनुभयो ।
अमरज्योति माध्यामिक विद्यालयका प्राधानाध्यापक खगेन्द्र थापाले युवाको सामथ्यबाट मात्रै देश विकास हुनसक्ने भएकाले युवाहरुलाई विदेश पठाउनुका साटो देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।


त्यसका लागि युवामैत्री नीति कार्यक्रम र योजनाहरु ल्याउनुपर्ने थापाको भनाइ छ । उहाँले कर्णालीलाई विकास गर्न युवाहरुका लागि शिक्षामा लगानी गरि शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । वर्तमान युवाहरु विभिन्न समस्याबाट प्रभावित भइ नैराश्यता उत्पन्न भएकाले युवाहरुमा आशा जगाउनका लागि अन्र्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वतन्त्र विद्यार्थी यूनीयनका सचिव योगेन्द्र पौडेलले बताउनुभयो ।