साँसदहरुले रोके ‘मानव तस्करी’

सुर्खेत, १६ चैत (जागरण) । कर्णाली प्रदेशका दुई जना साँसदहरुले मानव तस्करी हुनबाट रोकेका छन् ।
कर्णाली प्रदेशका साँसदहरु अमरबहादुर थापा र सीता नेपाली ‘रक्षा’ले मानव तस्करी हुनबाट रोकेका हुन् ।
अमेरिकामा हुने एक कार्यक्रममा सहभागी हुने भन्दै साँसदहरुलाई निमन्त्रणा गरिएको र उनिहरुको साथमा केही युवालाई अमेरिका तर्फ तस्करी गर्ने योजना विफल भएको छ ।

‘राष्ट्र निर्माणमा महिलाको भूमिका: अनुभव आदानप्रदान’ विषयक कार्यक्रममा भनी साँसदहरुलाई निमन्त्रणा गरिएको थियोे ।
ओएसनेपाल नामक संस्थाको तर्फबाट भनी केशबहादुर कार्कीले बोलाएका व्यक्तिहरुको लामो सुचि देखेपछि आफुहरुले अमेरिका नजाने निर्णय गरेको साँसद् थापाले बताउनुभयो ।
आफूहरूको नेतृत्वमा ती व्यक्तिहरुलाई सजिलै अमेरिका छिराउने दलालको मनसायलाई आफूहरुले रोकिदिएको थापाले बताउनुभयो ।
साँसदलाई प्रयोग गरेर अमेरिकातर्फ मानव तस्करी गर्न ती युवाहरुबाट ठूलोमात्रामा रकम संकलन समेत गरिएको आफूहरुले थाह पाएको र रोकेको अर्की साँसद् नेपालीले बताउनुभयो ।
उहाँले आफूहरुले अहिले तस्करी रोक्ने मात्रै काम गरेको तर अब त्यस्ता तत्वलाई कारबाही गर्न लागिपर्ने उहाँले बताउनुभएको छ ।