सार्वजनिक भयो, ‘भेरी तरेर’

काठमाडौं, १६ चैत (जागरण) । डिलाराम आचार्य ‘इच्छुक’ र मधु राईको संयुक्त गीति कोसेली ‘भेरी तरेर’ सार्वजनिक भएको छ । पछिल्लो समय हराउन थालेका चौँठी, कोल, ढिकी, जाँतो, लाल्टिन, टुकिलगायतका पुराना सामग्री शब्द तथा भिडियोमा उतारिएकाे छ ।
गाउँमा रहकी मायालुलाई पल्टनमा हुँदा भोगेको दु:ख र सुख पल्टनेको छ ।
गीतमा रुपा दर्लामी, माधव रिजाल, मधु राई, डिलाराम आचार्य ‘इच्छुक’ को आवाज छ । गीतमा लय/शब्द संकलन इच्छुककै छ । गीतमा बिनु शर्मा, सुमन ठाडा, सहवीर, दिपा गुरुङको मुख्य अभिनय छ ।
चन्द्र मन्दिरकाे निर्देशन, हेमन्त कंडेलकाे छायांकन, इन्द्रजीत खड्काकाे मेकअप, मानबहादुर वलीको सम्पादनमा रहेको गीतलाइ क्रीयटिभ डिजिटल स्टुडियोले उत्पादन गरेको छ भने गीत बुढा म्युजिकबाट सार्वजनिक भएको छ । गीत तिलक वलीले एरेन्ज गर्नुभएको हो ।

हेर्नुहोस् भिडियो: