प्रदेशभरीका कारागारमा चैत २३ गते पुस्तकालय स्थापना हुँदै

सुर्खेत, १९ चैत (जागरण) । प्रदेश प्रहरी कार्यालयले कर्णाली प्रदेशको सबै जिल्ला कारागारमा पुस्ताकालयल स्थापना गर्नका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।
प्रहरीले यही चैत्र २३ गते १० वटै जिल्लाका कारागारमा एकैसाथ पुस्तकालय स्थापना गर्न लागेको हो । प्रहरी–सामुदाय साझेदारीअन्र्तगत प्रहरीले कारागारलाई किताब अभियान अभियान सुरु गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पुस्ताकालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले पुस्तकले सृजनशिलता र ज्ञान प्राप्त हुने भएकाले कैदीबन्दीका लागि पुस्तक महत्वपूर्ण हुने भन्दै पुस्ताकालय स्थापना गर्न लागिएको बताउनुभयो ।


कर्णालीका दशै वटा जिल्लाका कारागारमा पुस्ताकालय स्थापना लागि २१ लाख ८ हजार ८ सय ६२ रुपैँयाको ८ हजार ३ सय ८८ पुस्तक संकलन भएका छन् ।
चैत २३ गते उद्घाटनका दिन १० वटै जिल्लामा लेखक, सहित्यकारको उपस्थित पनि रहने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उद्घान कार्यक्रममा सबै जिल्लामा लेखकसंग केदी कार्यक्रमको आयोजन गरेर पुस्तक किन आवश्यक छ भन्ने बिषयमा अन्तरिक्रिया गरिने डिआइजी शाहले जानकारी दिनुभयो ।
डिआइजी शाहले पुस्ताकालय स्थापनासंगै प्रत्येक कारागारमा बुक क्बल पनि गठन गरेको र धेरै पुस्तक पढुने कैन्दीलाई पुरस्कृत पनि गरिने जानकारी दिनुभयो ।