अर्गानिक प्रदर्शनीले बजारिकरणमा सहयोग

सुर्खेत, २१ चैत (जागरण) । कर्णाली प्रदेशका अर्गानिक कृर्षी वस्तुहरुको बजारीकरणका लागी औपचारीक पहल सुरु भएको छ । प्रदेशका विभिन्न जिल्लाका कृषकले आफुले उत्पादन गरेका मार्सि चामल, कोदो, फापर,मास, मौरीको मह सिस्नु अदुवा, बेसार टिमुर, आलु, बन्दा लगायत कृषी बस्तुहरुको प्रदर्शन तथा विक्रि एकै ठाउबाट सुरु गरेका हुन् ।
कर्णाली प्रदेश सरकार भुमी व्यबस्था कृर्षी तथा सहकारी मन्त्रालय र कृर्षी क्षेत्रविकास कार्यक्रमको सहयोगमा जिल्ला सहकारी संघ लिमीटेड सुर्खेतले प्रदेश स्तरको प्रदर्शनी आयोजना गरेको हो ।


प्रदर्शनीमा कृर्षी बस्तु सहित प्राङ्गारिक मल बनाउने तरिका समेत सिकाउने गरिएको छ । सहकारी मार्फत बनेका कृर्षी समुहहरुले मेलामा स्टलहरु लिएका छन् ।
आयोजकका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाका ५० वटा स्टलहरु रहेका छन् । स्टल राखेका कृषकहरुले आफ्नो उत्पादनको बजारीकरणको लागी भएको यो सुरुवातले खुसी बनाएको प्रतिक्रिया दिएका छन् ।