‘जनतासँग परामर्श’मा साँसद रावत, के आए त योजना ? (भिडियो सहित)

सुर्खेत, २१ चैत (जागरण) । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य नवराज रावत अहिले आफ्नो निर्वाचन क्षेत्रका स्थानिय तहसँगको परामर्श वैठकमा व्यस्त हुनुहुन्छ ।
साँसद रावतले घोषणा गरेको जनतासंग ‘परामर्श कार्यक्रम’ अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानिय तह र नागरिकसँगको छलफलमा जुट्नुभएको हो ।


पहिलो दिन उहाँले चौकुने गाउँपालिकामा भएका विकास कामको गतिविधि र नयाँ योजना बारे परामर्श कार्यक्रम भएको छ । कार्यक्रममा जनप्रतिनिधिसहित स्थानिय नागरिकहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्रत्येक वडाका वडा अध्यक्षहरुले आफ्ना वडामा भएका विकासका कार्य र समस्या सांसद् रावत समक्ष प्रस्तुत गरेका छन् ।
साँसद् रावतले समस्याको समाधानबारे सांसद रावतले संघिय संसद् र सरकारमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको साँसद् रावतको साथमै रहनुभएका जागरणकर्मी प्रविण शाहीले जानकारी दिनुभयो ।
अव रावतले पञ्चपुरी, बराहताल र वीरेन्द्रनगर नगरपालिकामा छलफल गर्ने तथा विभिन्न योजनाहरको शिलान्याससमेत गर्ने कार्यक्रम छ ।
आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि साँसद रावतले के के गर्नुभएको छ त ?
हेर्नुहोस् यो भिडियो कुराकानीः