सुर्खेत, २३ चैत (जागरण) । कर्णाली प्रदेशका तीन जिल्लाका सुरक्षा प्रमुखहरुले नेत्रविक्रम चन्द (विप्लप) समूहले प्रहरी चौकीमा समेत आक्रमण गर्नसक्ने निष्कर्ष निकालेका छन् ।
रुकुम पश्चिमको चौरजहारीमा भएको जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका सुरक्षा प्रमुखहरुको वैठकले यस्तो निष्कर्ष निकालेको हो । वैठकले हरेक चौकीमा ७ जना भन्दा बढी प्रहरी राख्ने निर्णयसमेत गरेको छ ।
विप्लप समुहका गतिविधिहरु नियन्त्रण गर्ने सरकारी निर्णयलाई प्रभावकारी कार्यन्वयन गनेग्री नयाँ रणनिती बनाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बस्नेत भन्नुहुन्छः
वैठकले अरु केही गोप्य र नयाँ रणनितिसमेत अपनाउने निर्णय गरेको छ । जुनसुकै बेला पनि असुरक्षा हुनसक्ने भन्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन् । वैठकले विप्लप समुहका गतिविधिहरु नियन्त्रण गर्न सवै सुरक्षा निकायबीच समन्वय गर्दै सुरक्षा गतिविधिलाई सशक्त पार्ने निर्णय गरेको छ ।