भेरीगंगा र गुर्भाकोटमा सचेतिकरणका लागि र्‍याली र सडक नाटक

सुर्खेत, २४ चैत (जागरण) । सुर्खेतको भेरीगंगा र गुर्भाकोट नगरपालिकाका युवती महिला समुहले र्याली तथा सडक नाटक प्रस्तुत गरी समुदायलाई सचेत गराएका छन् ।
सेभ द चिल्ड्रेन र समाज जागरण केन्द्र (स्याक)को साझेदारीमा संचालित ‘नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना’ अन्तरगत गठन भएका युवती महिला समुहले प्रत्येक महिनाको २ दिन प्रजनन स्वास्थ्यका बारेमा छलफल गरी त्यसको सिकाई समुदायमा प्रस्तुत गर्न सामाजिक कार्य गर्ने गरेका छन् ।
यसै सन्दर्भमा विश्व स्वास्थ्य दिवसको अवसर पारी ‘स्वास्थ्य सेवामा सर्बब्यापी पहुँच सबैका लागि स्वास्थ्य’ भन्ने मुल नाराका साथ गुर्भाकोट नगरपालिका वडा नं १४ गठन भएका भर्लेनी र विशालचोक विवाहित र अविवाहित युवती समुहले र्यालीका साथै ‘जानी राखौँ’ भन्ने नामक सडक नाटक प्रदर्शन गरेका छन् ।
यसैगरी गुर्भाकोट नगरपालिका वडा नं १० र ११ मा ४ वटा र वडा नं ५ र ६ मा ४ वटा महिला समुहरुको सक्रियता र वडा कार्यालय आयोजना र स्वास्थ्य चौकीसंगको समन्वयमा यस्ता कार्यहरु भएका हुन् ।
सडक नाटकले किशोर अबस्थामा हुने शारिरिक परिवर्तन, सामाजिक परिवर्तन र भावनात्मक परिवर्तनलाई ब्यबस्थित गरी बाल बिबाह न्युनीकरण गर्न सकिन्छ , लैङ्गिक बिभेदलाई कम गर्नसकिन्छ र बीस वर्ष पुगेपछि मात्र बच्चा जनमाउने ,जन्मान्तर गर्ने विधिाट आमार बच्चाको मृत्यु घटाउन सकिन्छ भन्ने मुल सन्देश दिएको थियो ।