हस्तवीरको अक्षयकोष १० लाख पुर्‍याउने लक्ष्य

सुर्खेत, २६ चैत (जागरण) । सुर्खेतकै उत्कृष्ट विद्यालयको नामले परिचित हस्तवीर सामुदायिक आधारभुत विद्यालयमा स्थापना भएको अक्षय कोषमा ३ लाख ५३ हजार ३ सय ५५ जम्मा भएको छ ।
गरिव जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको २७ औँ वार्षिक उत्सबका अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले विद्यालयले अबको एक वर्षमा अक्षयकोष १० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको जानकारी दिनुभयो ।


शिशु कक्षा देखि ५ कक्षा सम्म अध्यन हुने विद्यालयमा १७ वर्ष देखि ७० सम्मका महिलाको लागि प्रौढ शिक्षासमेत सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक धनबहादुर ढेंगामगरले बताउनुभएको छ ।
उहाँले विद्यालयले चालु आर्थिक बर्षमा कक्षा ६ सम्म सञ्चालन गरि माध्यमिक तहमा रुपान्तरण गर्ने उद्देश्य रहेको पनि बताउनुभयो ।
वार्षिक उत्सवमा प्रमुख अतिथि तथा सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा साँसद नवराज रावतले विद्यालयको शैक्षिक गुणस्तर वृद्धी गर्न आफुले पहल गर्ने बताउनुभयो । साथै हस्तवीर विद्यालय एक नमूना विद्यालयको रुपमा परिचित हुनुमा स्थानिय नागरिककै भूमिका महत्वपूर्ण गरेको उहाँको भनाई छ ।