चार महिनादेखि गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम आवतजातमा बन्द

हुम्ला, २६ चैत (रेडियो कैलाश) । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमी गाउँमा चार महिना देखि गाउँपालिका केन्द्र र सदरमुकाम सिमकोट आबत जाबत बन्द भएको छ ।
लिमी भ्याली जाने दुई वटा पाँच हजार अग्ला नाका नारा र न्यालुमा बाक्लो हिमपात पछि बाटो बन्द हुँदा अहिले सो गाउँमा मानिस जान र आउन नसक्ने अबस्था भएको हो ।
तीन वटा गाउँ रहेको लिमी जाने बाटोमा अहिले पनि हिउँ दुई फिट भन्दा बढी जमेको कारण एक गाउँबाट अर्को गाउँमा समेत जान सक्ने अबस्था नरहेको हल्जी गाउँका खान्डुप तामाङले बताउनुभयो । घर बाहिर निस्कने अबस्था नभए पनि हिउँ बिलाएर पानी खानु अर्को लिमी गाउँको बाध्यता रहेको छ ।