वन्यजन्तको मासु भागवण्डा गर्दैगर्दा नौ जना पक्राऊ

सल्यान, २६ चैत (रेडियो राप्ती) । सल्यानमा बन्यजन्तुको मासु भागबन्डा गरिरहेको अबस्थामा ९ जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका १४ ढारखानीबाट घोरलको मासु भागबन्डा गरिरहेको अबस्थामा ९ जना पक्राउ परेका हुन् ।
गोप्य सुचनाको आधारमा डिभिजन बन कार्यालय सल्यानका कर्मचारी र जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरी टोलीले उनीहरुलाई बजेतिर घरबाटै पक्राउ गरेको हो ।
बन्यजन्तु मारेर सामुहिक रुपमा भागबन्डा गरिरहेको अबस्थामा उनीहरुलाई सँगै बन्यजन्तुको टाउको, खुट्टा, मासु, मासु काट्न प्रयोग गरिरहेको हतियार पनि बरामद गरिएको डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन अधिकृत थीर बहाुदर कार्कीले बताउनुभयो ।
बन्यजन्तु घोरल भएको बुझिएको र त्यसको बास्तबिकता पत्ता लगाउनको लागी मासु प्रयोग शालामा पठाएको उहाँले जानकारी दिनुभयो ।