सुर्खेत, २६ चैत (जागरण) । आगामी वैशाखमा सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेटमा आठ टिमले सहभागिता जनाउने भएका छन ।
आयोजक कर्णाली किक्रेट एकेडेमिले आज प्रतियोगितमा सहभागी हुने आठ टिमको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा ३ विभागिय तथा अन्य पाँच क्लवहरुको सहभागिता जनाउने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिममा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, शसस्त्र प्रहरी बलको एपिएफले सहभागीता जनाउने भएका छन् ।
यस्तै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुराँस क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके, र हिमालयन क्रिकेट एकेडमी काठमाडौँले सहभागीता जनाउनेछन् ।
अहिले प्रतियोगिता संञ्चालनको लागि स्थानिय कालुन्चोक किक्रेट मैदानको काम भइरहेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रतियोगिता बैशाख १२ गतेदेखि २१ गते सम्म हुने छ ।