सोलार बत्ती बल्न छाडे, मर्मत कहिले ? (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २९ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने उद्देश्यले बजार क्षेत्रलगायत अन्य वडाका केही सोलार राख्यो । रातिको समयमा पनि बजारलाई झिलिमिलि गराउन नगरपालिकामा सोलार जोडिएको थियो । तर अहिले ति सोलार मर्मत नहुँदा केही ठाउँमा बोल्नै छाडेका छन् ।
वीरेन्द्रनगर बजारबिचमा रहेको नेता चोकमा जडान गरिएको सोलार बत्ति ६ महिनादेखि बल्न छोडेको छ । त्यहाँ मात्र होइन सम्बन्धित नियकाले ध्यान नदिँदा करिब ढाई बर्षअघि जोडिएका अधिकाँश सोलार बत्ति अहिले बल्न छोडेका छन् । नगरपालिकाले सोलार मर्मत नहुँदा सोलारले काम गर्न छाडेको बताउँहुन्छ, स्थानीय हरी पुरी ।


वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानि बनेसंगै यस्त शहरका रुपमा विकास हुँदैछ । सोलार बोल्न छोडेपछि रातिको समयमा आवतजावत गर्न समस्या हुनुका साथै सवारी दुर्घटना पनि निम्तिन सक्ने बताउँहुन्छ, स्थानिय राम प्रसाद आचार्य ।
तत्तकालिन नगरमा सोलार जडानपछि विद्युतको मात्र भर नपर्नुपर्ने भन्दै नागरिकहरु खुशी भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तत्तकालिन निर्वाचन क्षेत्र–२ को निर्वाचन क्षेत्रको विशेष कार्यक्रम, जिल्ला विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा सोलार जडान भएका थिए । त्यस बेलामा करिब ८० लाख बजेट खर्च भएको थियो । पछि नगरपालिको आफै पनि नगरका विभिन्न वडामा सोलार जडान ग¥यो । तर जडान भएका सोलार बिग्रन थालेपछि स्थानीय निरास भएका छन् । आँखा अस्पतालको चोक, बसपार्कलगायतका विभिन्न क्षेत्रमा सोलार बल्न छोडेका छन् । नगरपालिकाले तत्तकाल मर्मत गर्नुपर्ने स्थानीयको माग छ स्थानिय संगिता भुसाल ।
यता नगरपालिकाले भने सोलार मर्मतका लागि वडालाई जिम्मा दिएको बताएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वडामा नै बजेट पनि पठाएकाले अव विग्रिएका बत्ती मर्मत हुने नगरपालिकाका सुचना अधिकारी दिपेन सुबेदीले बताउनुभयो ।

सुन्नुहोस् अडियो रिपोर्टः