माथिल्लो कर्णाली जलविद्युत आयोजना हामी नै बनाउन सक्छौँ: साँसद् रावत

सुर्खेत, ३० चैत (जागरण) । सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा साँसद् नवराज रावतले माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाली जनता आफैले बनाउन सक्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशका पत्रकारसँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।


रावतले भारतिय निर्माण कम्पनी जिएमआरको असोज तीन गते म्याद सकिएपनि अहिलेसम्म थप नभएकाले अब नेपालीले नै गराउनुपर्ने आफूहरुले दवाव दिएको बताउनुभयो ।
यस्तै उहाँले वेतन कर्णाली हाइड्रो निर्माणमा पनि ढिलाई भइरहेको बताउनुभयो ।
सांसद रावतले आफूले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि बारम्बार आवाज उठाइरहेको बताउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा अहिले एक अर्व ५१ करोड भन्दा बढीको बजेट कार्यान्वयनको चरणमा रहेको रावतले बताउनुभयो ।
उहाँले सुर्खेत-कोहलपुर सडक फोरलेन बनाउने र आफ्नो निर्वाचन क्षेत्रमा विजुली पुर्याउने कुरामा विशेष जोड दिइरहेको बताउनुभएको छ ।