कालिकोट, १ वैशाख (रेडियो चंखेली) । कालिकोटमा विद्यार्थीहरुका लागि आवश्यक पाठ्यपुस्तक यो बर्ष समयमै पुगेको छ । विगतका समयमा पाठ्यपुस्तकको समस्या झेल्ने गरेका विद्यार्थीहरुले यस पटक भने पाठ्यपुस्तक पाउने भएका हुन ।
सयुंतm पाठ्यपुस्तक डिपो कालिकोटकाले पुस्तक खरीदको जिम्मा लिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटका प्रमुख मकर बहादुर भण्डारीले विगतका वर्षजस्तै पुस्तकबाट विद्यार्थीलाई समस्या नहुने बताउनुभयो ।
नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै वैशाख पहिलो सातामै कालिकोटका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यले डिपो कार्यालयले पुस्तकको व्यवस्था गरेको छ ।