हुम्ला, १ वैशाख (रेडियो कैलाश) । हुम्लाको दक्षिण क्षेत्रमा रहेका अधिकांस सरकारी स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ ।
लामो समय देखि औषधि नहुँदा स्थानियवासी विरामी हुदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएका छन् । जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
चर्को मूल्य तिरेर निजी मेडिकलमा उपचार गर्दा नागरिकलाई सास्ती भएको छ । स्थानीय तहले औषधि खरीद तथा आपूर्तिलाई बेवास्ता गर्दा अभाव भएको हो ।